arrow

वामदेवले फेरि लिए यूटर्न, ओलीलाई वैतर्नी तार्ने जिम्मा 

ओलीले पार्टीको सत्ता आफूमा निहित रहेको दिए स्पष्ट संकेत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १३ मंगलबार
bamdev-letter-presedents.jpg

काठमाडौं। नेकपाको आन्तरिक जीवनको निर्णायक चरणमा पटक पटक यूटर्न मार्दै फेरि स्पष्टिकरण दिदै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले फेरि यूटर्न मारेका छन्। स्थायी कमिटीको वैठक अघी गौतमले दुवै अध्यक्षसँग राखेको प्रस्ताव भन्दै ६ बुँदे पत्र सार्वजनिक गरेका छन्। 

प्रचण्डसँग निकट रहेको भनिए पनि गौतम केहि दिनदेखि खुमलटार बैठकमा जान छोडेका थिए। उनले आफ्नै निवास भैंसेपाटीमा पनि कुनै वैठक गरेका थिएनन्। बरु उल्टै आफू कुनै कोठे वैठकमा नजाने भन्दै प्रतिक्रिया दिएका थिए। 

यहि बीचमा उनले केपी ओलीलाई सजिलो पार्ने गरि वक्तव्य दिएका छन्। वैशाखमा पनि गौतमले ओलीका तर्फबाट प्रधानमन्त्रीको उधारो आश्वासन पाएपछि उनी ओलीको पक्षमा खुल्दा ओलीले प्रधानमन्त्रीमा निरन्तरता दिन पाएका थिए। तर त्यसपछि भने फेरि प्रचण्डसँग नजिकिन पुगेका थिए।

असारदेखि शुरु भएको स्थायी कमिटी वैठकमा गौतम फेरि प्रचण्ड नेपाल क्याम्पमा देखिए। तर पछिल्ला दिनमा उनी सो समुहमा निष्क्रिय देखिएपछि उनलाई ओलीले फकाएको अनुमान गरिएको थियो। 

१३ साउनको वैठक बस्नु अघी बाँकी समयको लागि ओली नै प्रधानमन्त्री र अध्यक्ष पनि ओली नै हुनुपर्ने तथा सरकारको काममा पार्टीले हस्तक्षेप गर्न नहुने पत्र सार्वजनिक गरेपछि फेरि ओली गौतमको सहारामा पार्टीको वैतर्नी तर्लान की नतर्लान नेकपामा चर्चा शुरु भएको छ। पार्टीको आन्तरिक राजनीतिमा पटक पटक यूटर्न मार्दै आएका गौतमको यो पटकको यूटर्नले ढुलमुले देखिएका प्रचण्डलाई पनि सबक सिकाएको छ। 

वैठक बस्न शुरु हुनु अघी नै प्रचार विभागमा उपप्रमुख मार्फत वैठक स्थगितको सूचना टास्न लगाएर ओलीले आफू अध्यक्ष भएको प्रमाण पनि दिएका छन्। कार्यकारी अध्यक्ष वा अन्य जेसुकै भएपनि ओलीले पार्टीको सत्तामा पनि आफैमा निहित रहेको संकेत पनि प्रष्ट दिएका छन्। नत्र वैठकमा जान ठिक्क परेका प्रचण्ड र माधव नेपालहरु सूर्य थापाको टुईट हेरेर वैठक स्थगित भएको जानकारी पाउन अभिशप्त हुने थिएनन्। कम्तिमा कार्यकारी अध्यक्षसँग वैठक स्थगति हुने छलफल हुन्थ्यो।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ