arrow

एसिड हान्नेलाई कार्वाहीमा ढिलाई गरेकोप्रति नेविसंघको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन १३ मंगलबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले एसिड आक्रमण गर्ने अपराधीलाई कार्वाही गर्न ढिलाई भएको प्रति आपत्ति जनाएको छ । 

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै ओखलढुङ्गा घर भई काठमाडौंको सीतापाइला बस्दै आएकी पवित्रा कार्कीमाथि साउन ८ गते भएको एसिड आक्रमणको जति भत्सर्ना र निन्दा गरे पनि कम हुने भन्दै त्यस्ता घटनाका दोषीलाई तत्काल कार्वाही गर्न माग गरेका छन् । 

विज्ञप्तिमा घटनाका दोषीलाई हदैसम्मको कार्वाही गरी दू्रत गतिमा कानुनी प्रक्रिया अगाडि बढाउन पनि जोडदार माग गरिएको छ । 

कार्कीको उपचारमा राज्यले चासो नदेखाउनु झन् उदेक लाग्दो भएको भन्दै निजको निःशुल्क रुपमा सम्पूर्ण उपचार गर्ने व्यवस्था मिलाउन सरकारसंग जोडदार माग समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ