arrow

मास्क अनिवार्य नलगाए कारवाही

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ साउन १३ मंगलबार
non-mask.JPG

रौतहट । कोरोनाभाइरस संक्रमणको दर फेरी बढ्न थालेपछि गृह मन्त्रालयले मास्क अनिवार्य नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको छ । रौतहट लगायत प्रदेश २ मा बढी संक्रमण देखापरेको भएपनि यही वेला मास्कको प्रयोग घटिरहको देखिन्छ । 

यसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आफू मातहतका निकायलाई मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिए । 

सोही निर्देशन अनुसार आजबाट रौतहटमा चेकजाँचमा कडाई गरिएको उनले बताए । मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना समेत गराईने उनले जानकारी दिए । घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउन र अनावश्वक काममा भिडभाड नगर्न समेत उनले रौतहटबासीलाई आग्रह गरेका छन्।
 
प्रमुख जिल्ला अधिकारीको निर्दैशन आएलगत्तै नेपाल प्रहरी र ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी निरिक्षक शैलेस न्यौपानेले जानकारी दिए । मंगलबार बिहान करिब १ सय जना मास्क नलगाउनेहरुलाई मास्क खरिद गरेर लगाउन लगाएपछि मास्कको अनिवार्यताका बारेमा बुझाएर पठाईएको न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ