arrow

ओली र प्रचण्डलाई बामदेवको यस्तो प्रस्ताव

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
bamdev-gautem.jpg.jpeg

काठमाडौँ । पार्टीको आन्तरिक विवादका कारण अफ्ट्यारोमा परेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजिलो पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले  ६ बुँदे प्रस्ताव अघि सारेका छन् । 

एकतालाई थप मजबुद बनाउनका लागि भन्दै उपाध्यक्ष गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ६ बुँदे प्रस्ताव बुझाएका छन् ।

पार्टीमा देखिएका समस्यालाई समाधान गर्नका लागि उनले ती प्रस्ताव अध्यक्षद्वयलाई बुझाएको उनका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । 

उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका छन्। त्यस्तै अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनको छ ।  

यसैगरी पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उनको प्रस्ताव छ । उपाध्यक्ष गौतमको प्रस्तावमा प्रधानमन्त्रीका दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने ।

 प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन एंव राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने रहेको छ । 



नयाँ