arrow

पितृ प्रसाद खाएका एकै गाउँका ५० बढी बिरामी

logo
सीता डोटेल,
प्रकाशित २०७७ साउन १४ बुधबार
palpa-kheer1.jpg

पाल्पा रामपुर । पाल्पाको रामपुर नगरपालिका ७ मोहोटी गाउँमा पितृ प्रसाद खाएका एकै गाउँका  ५० जना भन्दा बढी बिरामी परेका छन् ।  आईतबार १३ औं दिनको पितृ प्रसाद ग्रहण गरेका मध्ये उनीहरुमा ज्वरो आउने, पखाला लाग्ने, बान्ता हुने समस्या देखिएको छ । आइतबार छिमेकी मान बहादुर बि.कको १३ दिनको चोखिने ठाउँमा गएर पितृ प्रसाद खाएका उनीहरुलाई सोमबारदेखि समस्या देखिएको थियो । 

केही सोमबार नै उपचारका लागि गएकाहरु औषधी लिएर घर फर्केपनि सन्चो नभएपनि पुनः मंगलबार अस्पताल गएका थिए । उपचारका लागि मंगलबार पुगेका मध्ये ३३ जनाको सामान्य उपचार सलाइन, जिवनजल दिएपछि तानसेन रिफर गरिएको छ । बिरामी पर्नेहरुमा प्रायः महिलाहरु बढी छन् । 

रिफर गरिएका मध्ये ३ जनालाई बढी समस्या देखिएको रामपुर अस्पतालका डा.बिजय परियारले बताए । बर्खाको समय बाटो पहिरो जाने संभावना रातको समयमा थप समस्या भएमा राम्रो उपचार समेत नपाउने हो की भन्ने अबस्थाले सबैले जिल्लामा नै रिफर लिएको परियारले बताए ।
 
बिरामी सबै निधन भएका परिवारका आफन्त, छिमेकी, मलामी घोतारीहरु रहेका छन् । लामो दुरीको गाडी नचलेकाले पनि सबै छिमेकी रहेको अस्पतालले जनाएको छ । उनीहरुले प्रसादमा खिर, अचार र राज्मा आलुको तरकारी खाएका थिए । विरामीहरुमा झाडा पखाला, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएको छ । 

बढी समस्या भएका २८ बर्षे विमला सुनार र ५९ बर्षिय बिनुमायाँ बिकलाई अस्पतालको एम्बुलेन्समा तानसेन लगिएको थियो । पुनः बिरामी थपिने क्रम बढ्दै गएपछि र बढी समस्या देखिएकालाई लैजाने क्रममा रातको समयमा झन् जटिल अबस्था सिर्जना हुन सक्ने भन्दै सबैलाई उपचारको लागि तानसेन लगिएको हो । ३४ बर्षिय मिठ्ठु कुमारी बिक(खुमा)ले रातभर सुत्न नसकेको बताइन् । प्रेसरले समेत च्यापेकाले रिफर लिएर थप उपचारको लागि जानुपरेको बताइन् । 

४८ बर्षिय भुमिसरा बिकले पखालाले हिड्नै नसक्ने बनाएको बताइन् । ३० बर्षिय जमुना सुनारले वान्ता र पखाला लागेर रातीभरि नसुतको र बिहानमात्र अस्पताल आएको बताइन् । ३७ बर्षिय गुनमाया सुनारले तरकारी र खिरमा नै केही भएर गाउँभरिको सबै बिरामी परेको बताइन् । ३३ बर्षका हिरा बिकले घरमा नै बसेका कतिपय अस्पतालमा नै नआएको बताइन् । त्यसैले बिरामीको संख्या बढ्न सक्ने उनले बताए ।  

उनीहरुको उपचार संगै के कारणले भएको भन्ने बारेमा परिक्षण भैरहेको रामपुर अस्पतालका डाक्टर कुशल खनालले बताए । विरामी हुनेहरुमा बच्चा देखि वृद्ध सम्म रहेका छन् । एकै पटक ठूलो संख्यामा विरामी भएपछि प्रशासन कक्ष तथा ओपिडि कक्षमा वेड व्यवस्था राखेर उपचार गरिएको थियो । सो दिन एक सय भन्दा धेरै सो कार्यमा सहभागी भएको स्थानियले बताएका छन् । भात, तरकारी र अचार खानेहरुमा कुनै समस्या देखिएको छैन । 

खिर खानेहरुमा सोमबार देखि टाउको दुख्ने समस्या देखिएको थियो । सोमबार उपचार गरेर फर्किएको ६ जना मध्ये ३ जना पुन मंगलबार अस्पताल भर्ना भएका थिए । राती ४ जना भर्ना लिएर बसेका थिए । ३३ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । विरामीहरु अस्पतालमा थपिने क्रम भने जारी रहेको छ । 

थप उपचारका लागि तानसेन लगिएका अन्यमा 
१२ बर्षिय पार्वता सुनार,
२२ बर्षका प्रकाश सुनार,
२८ बर्षकी रिता सुनार, 
५९ बर्षका रेवन्त बहादुर सुनार,
१९ बर्षका प्रविन सुनार
५० बर्षकी भुमिसरा बिक
३४ बर्षकी खुमा कुमारी बि.क
२३ बर्षका बिपिन सुनार
३७ बर्षकी गुनमायाँ सुनार
१७ बर्षकी साइना बिश्वकर्मा
३३ बर्षका हिरा बिक 
१८ बर्षकी सलिना बिक.
४१ बर्षका प्रेम सुनार
१८ बर्षका बिपिन सुनार
६४ बर्षकी केशरी क्षेत्री
५५ बर्षकी मतिसरा सुनार
२८ बर्षकी गीता सुनार
३५ बर्षकी शोभादेवी सुनार 
१७ बर्षकी यमुना सुनार
२९ बर्षकी रिमा सुनार
६७ बर्षकी शान्ति सुनार
३० बर्षकी जुमना सुनार
३७ बर्षकी सीता बिश्वकर्मा 
१३ बर्षका सन्जु बिक
१२ बर्षकी सिर्जना बिक लगायतका रहेका छन् । 
उपचारका लागि अस्पताल आउने क्रम जारी रहेको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ