arrow

श्रीमान गुमाएकी बाटुली र छोरी आयुष्माको मृत्यु

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
woman-dead-body.jpg

दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीब ३ बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । 

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरेका छन्। 

घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ । 

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ