arrow

डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
prithvi-rajmarga.jpg

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

 पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ