arrow

भारत र चीनको तनावकै बीच भारतले पठायो ताइवानमा प्रतिनिधी

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १५ बिहिबार
tsai-ing-wen-_taiwan-president.png

काठमाडौं। गत महिना जुन १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय चिनियाँ आक्रमणमा २० भारतीय सेना मारिएपछि एक चीन नीतिको बिरुद्ध भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लगेको छ । चीनले भने अन्तराष्ट्रीयस्तरमा ताइवानलाई स्वतन्त्र मुलुकको रुपमा स्थापित हुन दिएको छैन । 

पछिल्लो समय चीन र ताइवानबीचको सम्बन्धमा तनाव छ । चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनपछि हङकङबाट शरण खोज्दै बाहिरिने हङकङबासीलाई ताइवानले शरण दिइरहेको छ । 

चीन-ताइवान सम्बन्ध बिग्रिएको मौकामा भारतले पनि ताइवानसँगको सम्बन्धलाई विशेष महत्व दिइरहेको छ। 

भारतले अहिलेसम्म ताइवानमा कुनै औपचारिक कूटनीतिज्ञको नियुक्ति गरेको थिएन । तर, यसपटक भारतले ताइपेइमा आफ्नो प्रतिनिधि पठाएको छ । 

त्यसलाई भारतले इण्डिया-ताइपेइ एसोसियसनका प्रतिनिधिको रुपमा अघि बढाएको छ । 

एक चीन नीतिलाई कायम राख्दै ताइवानसँगको सम्बन्ध सुदृढ बनाउन भारतले ताइवानमा आफ्नो प्रतिनिधि पठाएको हो । 

ताइपेइका लागि नियुक्त भएका नयाँ दूत यसअघि भारतको विदेश मन्त्रालयका लागि अमेरिकी डिभिजनमा काम गरेका थिए । 

यससँगै भारत-ताइवानबीच प्रविधि, मेडिकल, वैज्ञानिक सहकार्यसँगै सांस्कृतिक र सामाजिक विषयमा सहकार्य गर्न सकिनेसमेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ