arrow

भेटियो मुखिया र घर्तीको शव

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
dead2.jpg

सिरहा । सिरहा नगरपालिका–१० पदमपुरमा बिहिबार बिहान एक जनाको शव फेला परेको छ । पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

तम्घास– गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा एक शव फेला परेको छ । स्थानीयवासी ३२ वर्षीय लक्ष्मण घर्तीको शव बिहिबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
 
साउन ८ गतेदेखि परिवारबाट सम्पर्कविहीन घर्ती धुर्कोटकोट नजिकै मृतावस्थामा भेटिएका हुन् । घटनाको कारण अझै खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ