arrow

कांग्रेसका त्यागी नेता पन्नाकाजी गम्भीर बिरामी, सहयोगको याचना

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
pannakaji-maharjan-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका त्यागी नेता पन्नाकाजी महर्जन गम्भीर बिरामी भएका छन् । पञ्चायतकालदेखि नेपाली कांग्रेसको भूमिगत आन्दोलनमा सक्रिय सहभागीता जनाउने क्रममा थुप्रै वरिष्ठ नेताहरुको झोला बोकेका पन्नाकाजी गम्भीर बिरामी पर्दासमेत पार्टीले वास्ता नगरेको गुनासो आएको छ । 

काठमाडौंको डल्लू निवासी पन्नाकाजीलाई डेढ वर्षदेखि मिर्गौलाको समस्या रहेको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला नेता प्रगतिमान रञ्जितले भने, ‘पन्नाकाजी दाइले कति नेताको झोला बोक्नुभयो कति आन्दोलनको नेतृत्व गर्नुभयो, सङ्गठन गर्न कति भोकभोकै गल्लीगल्ली घुम्नु भयो होला, कति कार्यकर्ताहरुलाई नेतृत्वमा स्थापित गर्नुभयो होला, आपतमा परेका कति जनालाई सहयोग जुटाई दिनु भए होला । आज उहाँ आफै अशक्त हुनुहुन्छ, आज उहाँलाई तपाई हाम्रो हातेमालोको आवश्यक छ।’

उनले अगाडि भने, ‘उहाँलाई किड्नी ट्रान्सप्लान्ट गर्नुपर्छ, अहिले डायलायसिसमा हुनुहुन्छ, पार्टीले ध्यान दिएन, हामीले प्रयास गरिरहेका छौं, सहयोग पनि अलिअलि आएकै छ, तर यतिले पुग्दैन, पार्टीले केही गरोस् ।’

६५ वर्षको हाराहारीका पन्नाकाजी काठका व्यापारी हुन् । लकडाउनले उनको त्यो पेशा पनि डुबेको छ । उपचारका क्रममा उनको घर पनि लिलामीमा आएको कांग्रेस नेता रञ्जितले बताए । 

उनकै नेतृत्वमा सहयोग रकम जुटाउने प्रयास भइरहेको छ । रञ्जितले भने, ‘साथीहरुले सहयोग गरिरहेका छन्, त्यतिले पुग्दैन, दाइको योगदानको कदर गर्दै पार्टीले नै सहयोग गरोस् भन्ने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ