arrow

रञ्जु दर्शनालाई प्रहरीले घिसारेर गर्यो पक्राउ, भिडियोसहित

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
ranju.JPG

काठमाडौं । विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कोभिड–१९ को उपचार र परीक्षणलाई व्यवस्थित गर्न माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुको सत्याग्रहमा ऐक्यवद्धता जनाउन बालुवाटार पुगेकी दर्शनालाई प्रहरीले उभिँदा उभिँदै पक्राउ गरेको हो । 

उनलाई प्रहरीले घिसारेर गाडीमा राखेको थियो । उनले पक्राउ परिरहँदा ‘सरकार तेरो पाराले दुःख पाए साराले भन्दै नारा लगाएकी थिइन् । 

कार्यक्रम सुरु हुनुअघि नै धर्ना बस्न पुगेकी उनलाई पक्राउ गरेपछि गाडीमै ‘सरकार खोइ कहाँ गयो तेरो जबज’ भन्दै प्रश्न गरेकी थिइन् । 

उनले माथिको आदेश भन्दै के हो त्यो माथिको भनेको भन्दै पनि प्रहरीलाई प्रश्न गरेकी थिइन् । 

दर्शनासहित आधादर्जनलाई १२ वजे कार्यक्रम शुरु हुनुअघि नै प्रहरीले पक्राउ गरेको थियो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ