arrow

त्रिभुवन चोक शिल गर्ने तयारीमा प्रशासन

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
banke2.jpg

नेपालगञ्ज ।   नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र वरपर ट्राभल हिष्ट्री नभएका समुदायकै मानिसहरुमा कोरोना देखिएपछि नेपालगञ्ज तरंगित बनेको छ । सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय र अदालतमा समेत कोरोना संक्रमण देखिएपछि कोरोनाले समुदायमै डेरा जमाइसकेको निष्कर्ष निकाल्दै जिल्लाभर तीन दिने निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गरिएको हो ।

त्रिभुवन चोकका एक मिठाई पसलेमा देखिएको संक्रमणपछि उनको कन्ट्याक्टका १६ जनामा कोरोना पुष्टि भएपछि त्रिुभवन चोकलाई नयाँ हटस्पटु मानिएको छ । त्रिभुवन चोकलाई कोरोनाको इपिसेन्टर ठानेर हामीले थप रणनीति बनाउँदैछौं, त्रिभुवन चोकलाई शिल गरेर अघि बढ्ने योजना बनाउँदैछौं, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भने ।

संक्रमित सम्पर्कका ४ सय २३ स्वाबको रिपोर्ट आउन बाँकि रहेकाले त्यसको परिणाम हेरेर निषेधाज्ञा बढाउने नबढाउने विषयमा थप रणनीति बनाइने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । उनले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेका छन् । निषेधाज्ञामा अत्याबश्यक सेवा बाहेक सबै निषेध गरिएको कुरुम्बाङले बताए ।

बाँकेमा हालसम्म ४ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ सय ८७ जना निको भएर घर फर्किएका छन् । दुई जनाको भने मृत्यु भएको छ । अहिले बाहिरी जिल्लाका ९ जना र बाँकेका ४८ जना गरी ५७ जना आइसोलेसनमा छन् । नरैनापुर, डुडुवा, जानकी र बैजनाथमा कोरोना संक्रमण शून्यमा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ