सर्वसाधारणका लागि खुल्यो बिश्वकै लामो कुस्माको झुलुङ्गे पुल
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७७ साउन १८ आइतबार
555
Shares
पर्बत । कुस्मा नगरपालिका १ अदुवाबारी देखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्वकै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी खुला गरिएको छ।
६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो। २०७७ बैशाख मै सम्पन्न भै सर्बसाधरणलाई खुला गर्ने भनिए पनि कोरोना महामारीका कारण खुल्न सकेको थिएन भने हाल आएर पर्बत र बाग्लुङको समन्वयमा पुल संचलनमा आएको छ।