arrow

सांसद दिव्यमणीले भने, ‘ ६० बर्ष नाघेका मन्त्री सांसद वेतलबी विदामा’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १९ सोमबार
dibyamani-rajbhandari.gif

काठमाडौं । सरकारले कोरोना भाइरसबाट जोगिनका लागि १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष उमेर भन्दा माथिकालाई घर बाहिर ननिस्किन भनेपछि त्यसप्रति सांसद दिव्यमणी राजभण्डारीले टिप्पणी गरेका छन्। 

आइतबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले १२ वर्षमुनि र ६० वर्षमाथिकालाई कोरोना संक्रमणको जोखिम हुने भएकाले बाहिर ननिस्किन औपचारिक रुपमै आग्रह गरेका थिए । त्यसैमाथि प्रतिक्रिया दिँदै सांसद राजभण्डारीले ६० वर्ष नाघिसकेका मन्त्रीहरु, सासंदहरु र सल्लाहकारहरुलाई बेतलबी विदा बसेर सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफ्ना कुरा राख्दै राजभण्डारीले यस्तो आग्रह गरेका हुन्, ‘अब ६० बर्ष नाघेका माननिय मन्त्रीहरु, सांसदहरु, सल्लाहकारहरु, राजनिती नियुक्ति पाएका सम्पुर्ण ब्यक्तिहरुले बेतलवी बिदा लिई घरमा नै आराम गरि बसि सरकार र जनतालाई सहयोग गर्न उपयुक्त हुनेछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ