arrow

प्रधानमन्त्री ओली कोरोना संक्रमण रोक्न प्रमुख प्रतिपक्षी दलसहित विज्ञसंग

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
pm-oli-health-experts.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न प्रमुख प्रतिपक्षी दलका नेतासहति विज्ञहरुसंग परामर्श गरिरहेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेसहितका विज्ञहरु सहभागी भएका छन् । 

देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अनियन्त्रित शैलीमा फैलिँदै गएपछि ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गरिरहेका हुन् । 

पहिलो पटक प्रतिपक्षी दलका नेताहरुसमेत रहेकाले यही परामर्शबाटै अबको निर्णय निस्कने अपेक्षा गरिएको छ । प्रतिपक्षी दलका नेतालाई राखेपछि प्रधानमन्त्री ओलीले सबैको विश्वास लिएर अगाडि बढेको देखाउन समेत खोजेका छन् ।

काठमाडौंमा सोमबार सबैभन्दा बढी ६२ तथा केही दिनअघि ५३ जना संक्रमित देखिएपछि काठमाडौं सबैभन्दा ठूलो हटस्पट बन्दै जाने खतरा बनेको छ । त्यस्तै प्रदेश २ मा पनि ठूलो हटस्पट बन्दै गएको छ । 

केही स्थानीय पालिकाहरुले निषेधाज्ञा जारी गरिरहे पनि समग्र देशमै संक्रमण तीव्र भइरहँदा फेरि लकडाउनको विकल्प नभएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । 

जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले परामर्शमा बस्नुअघि तीन हप्तासम्म कडा लकडाउन लगाउने हो भने संक्रमितको ७५ प्रतिशत संखया घटाउन सकिने भन्दै तत्काल लकडाउन लगाउनुको विकल्प नभएको बताएका छन् । 

डा पाण्डेले लकडाउन लामो समय लगाइरहनु भन्दा अहिलेनै लकडाउन गरिहाल्ने र त्यसपछि बिस्तारै कम संक्रमित भएका स्थानमा खोल्दै जाने गर्नुपर्ने बताए । 

सरकारले चैत ११ गते २ जना संक्रमित भएका बेलामा लकडाउन लगाएको थियो । तर त्यसलाई व्यवस्थित नगर्दा लामो समय लकडाउन भएपछि सर्वसाधारणले तोडेका थिए । 

विज्ञहरुका कुरा कम सुन्ने र आफ्नो तजबिजीले चल्ने प्रधानमन्त्रीले कस्तो निर्णय गर्लान् रु तर यसपटक उनलाई विज्ञहरुका कुरा नसुनी सु्खै छैन । 

१८ दिनदेखि कोरोनाको राम्रो स्वाथ्य सेवा तथा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ को स्वास्थ्य समेत गम्भीर बनेको छ ।

दुई दिनअघि डा पाण्डेले कम्तीमा १५ दिन कडा लकडाउन वा कर्फ्यु लगाउनुको विकल्प नभएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ