arrow

अयोध्यामा राम मन्दिरको शिलान्यासः साढे तीन लाख बत्तीबाट चम्कियो भूमि 

राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ अयोध्यामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २१ बुधबार
ayodhaya1.jpg

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिरको भूमिपूजन शिलान्यास हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय समयअनुसार दिउँसो १२ः३० बजे राम मन्दिर निर्माणका लागि भूमि पूजन गर्दैछन् । 

धार्मिक अनुष्ठानको दोस्रो दिन मंगलबार राम रामार्चा पूजा भएको थियो । काशी र अयोध्याका नौ वेदाचार्यले मन्त्रोच्चारण गर्दै पूजा गराएका थिए । 

अयोध्यालाई राममय बनाउने क्रममा नयाघाटमा मंगलबार दिपोत्सव मनाइएको थियो । त्याँ ५ लाख ५१ हजार बत्तीबाट उक्त क्षेत्रलाई चम्किलो बनाइएको थियो । 

साकेत महाविद्यालयबाट हनुमानगढीसम्म लगभग डेढ किलोमिटरको क्षेत्र अलग रंगले सजाइएको छ । सडकका दुवै किनारमा भवन पहेंलो रंगमा सजाइएको छ । 

राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ अयोध्यामा 
राम मन्दिरको भूमि पूजनमा सहभागी हुन जानकी मन्दिरका महन्थ अयोध्या गएका छन् । आयोध्यावाट जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासलाई निमन्त्रणा आएपछि राजा जनकको प्रतिनिधित्व गर्दै अयोध्या गएका हुन् । 

जनकपुरधामबाट पाँच वटा चाँदीको इँटा र जनकपुरको माटोसहित जानकी मन्दिरका महन्थ मंगलबार अयोध्या प्रस्थान गरेका हुन् ।  

उनले एक किलोका दरले पाँचवटा चाँदीको इटा त्यसमा जय श्रीराम लेखिएको र जनकपुरधामको माटासहित भारतीय प्रधानमन्त्री मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका लागि सम्मानपत्र लिएर गएका छन् । 

भारतको उत्तर प्रदेश राज्यमा सरायू नदीको किनारामा रहेको बहुप्रतिक्षित श्री राम मन्दिर निर्माणको लागि भूमि पूजनका लागि जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र (निवेदन) आएपछि जानकी मन्दिरका महन्थ दास माटो र ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् ।

महन्त दासले जटही नाकासम्म नेपाली नम्बर प्लेटको गाडीमा र सिमापारीवाट भारतीय नम्बर प्लेट सवारीमा अयोध्या पुग्ने बताइएको छ।

विश्व हिन्दू परिषदले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना पाँच जनाको टोली सहित अयोध्या प्रस्थान गरेका छन् ।

जगत जननी माता सीताको माइती पक्षबाट राजा जनकको प्रतिनिधिको रुपमा सहभागी हुन महन्थ दास श्री रामजन्ममूमि तिर्थ ट्रष्टको निमन्त्रणमा जनकपुरधामबाट गएका हुन् । 

राम मन्दिर निर्माणको लागि गरिने भूमि पूजन कार्यक्रममा आमन्त्रित १ सय ७५ प्रतिष्ठित पाहुनाहरू मध्ये महन्थ दास पनि एक हुन । ट्रस्टका महासचिव चंपत रायले आमन्त्रित पठाएका थिए ।

यसैबीच माता सीताको ससुरालमा वर्षौपछि उनको घर निर्माण भइरहेको खुशयालीको रुपमा भूमिपूजनका दिन भोली बुधबार जनकपुरधामसहित मिथिलाभरि दिपावली मनाउन आग्रह गरेको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ