arrow

अयोध्याको राम मन्दिर शिलान्यासमा मोदीले उठाए नेपालको प्रसङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २१ बुधबार
narendra-modi1.JPG

काठमाडौं। अयोध्यामा राम मन्दिर शिलान्यास गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रसङग उठाएका छन् । सीमा विवादका कारण दुई देशबीच सम्बन्ध चिसिएका बेला मौन प्राय रहेका मोदीले राम मन्दिर शिलान्यासका बेला मात्रै नेपाल प्रसङग उठाएका हुन् ।   

मोदीले मर्यादा पुरुषोत्तम राम र माता जानकीको सन्दर्भ उल्लेख गर्दै नेपालको प्रसङग उठाएका हुन्। शिलान्यास कार्यक्रम पछिको सभालाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रामको आत्मिय सम्बन्ध रहेको बताए । मोदीले भने, ‘नेपालसँग रामको आत्मिय सम्बन्ध माता जानकीमार्फत जोडिएको छ।' 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अयोध्यामाथि प्रश्न उठाउँदै पर्साको ठोरीमा खास अयोध्या रहेको बताएका थिए। ओलीको भनाइले नेपालमा चर्चा पाएपनि भारतमा भने प्रतिक्रिया उत्पन्न गराएको थियो। लामो कानुनी र राजनीतिक लडाइपछि अयोध्यामा राममन्दिर बन्ने अन्तिम तयारी भइरहेको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिको बिषयमा भारतका उच्च राजनीतिक नेतृत्वबाट कुनै प्रतिक्रिया आएको थिएन। 

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको सो भनाईको जवाफ झै हुनेगरि दिएको मन्तव्यमा नेपालसँग रामको आत्मिय सम्बन्ध माता जानकीसँग जोडिएको उल्लेख गर्दै भने, 'संसारका यस्ता कैयन देशहरुमा त्यहाँको आस्थामा राम बसेका छन्। त्यस्ता ठाउँहरुमा विगतमा राम कुनै न कुनै स्वरुपमा रहेका छन्। आज पनि भारत बाहिरका दर्जनौ देशहरुमा रामको सन्दर्भ आउने गर्छन।'

मोदीले भने, ‘श्रीलङकामा रामायणको कथा जानकीहरणको नामले प्रख्यात छ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ