arrow

बस्नेतको निधनप्रति कांग्रेस संसदीय दलद्वारा श्रद्धाञ्जलि अर्पण

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
mohan-basnet-father-died.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । 
 
बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव शुक्रबार गृहजिल्ला बाह्रबिसेमा दाहसंस्कार गरिनेछ ।  

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार एक शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएका स्व बस्नेतले आफ्ना सन्ततिलाई सदैव देश, लोकतन्त्र र आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको उल्लेख गरेका छन् । 

बस्नेतको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले स्व बस्नेतप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ