arrow

चीनमा उइगर पुरुषहरुलाई हिरासत,  महिलाहरुसँग फोर्स्ड म्यारीज

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
China-Population-Structure-Change-Demands-Economic-Reform.jpg.jpeg

काठमाडौं। सन् १९७९ मा चीनले पहिलो पटक एक बच्च‍ा नीति ल्याएको थियो । उक्त नीतिको चर्को विरोध भएको थियो । उक्त नीति अनुसार हरेक अभिभावकले एकभन्दा बढी सन्तान जन्माउन नपाउन बाध्य पारिएको थियो । 

छोरा पाउनका लागि परिवारको दबाबका कारण छोरी भए-नभएको जाँच गराएर गर्भपतन गराउने क्रम बढ्न थाल्यो । यसको परिणामस्वरूप एक विकृत जनसांख्यिकीय अवस्था सिर्जना भयो । 

उक्त जनसांख्यिकीय विकृतिलाई रोक्‍न अहिले चीन सरकारले अलपसंख्यक उइगर महिलालाई हान पुरुषसँग विवाह गर्न बाध्य पारेर उक्त विकृति रोक्‍ने गलत प्रयास गरिरहेको  छ । 

सन् २०१५ मा चीनले एक बच्चा नीति खारेज गर्‍यो । अहिले अभिभावकहरुले दुई बच्च‍ा जन्माउन थालेका छन् । चीनमा अहिले महिलामाभन्दा पुरुषको संख्या तीन करोडभन्दा बढी छ । र महिलाहरु अहिले विवाह गर्न अस्वीकार गरिरहेका छन् । 

परिणामस्वरुपमा चीनमा लिंग-अनुपातमा समस्या उत्पन्‍न भएको छ । जसका कारण अधिकांश पुरुषले विवाह नगरेर नै जीवन गुजारीरहेका छन् । चिनियाँहरुले विवाहका लागि केटी नपाउँदाको परिणाम मानवतस्करी र जबरजस्तीकरणी बढेको छ । 

अहिले विभिन्‍न मुलुकबाट विवाह गर्ने नाममा युवतीको तस्करी चीनमा बढ्दो छ । एक अध्ययनका अनुसार चिनियाँहरुले विवाहका लागि केटीको परिवारलाई तीन हजारदेखि १३ हजार अमेरिकी डलरसम्म तिर्ने गरेका छन् । 

यसले चीनमा 'फोर्स्ड म्यारिज' को क्रम बढिरहेको छ । चीनले पछिल्लो समय उइगर पुरुषहरुलाई हिरासतमा राख्‍ने उइगर महिलाहरुलाई विवाह गर्न बाध्य पारिरहेको छ । 

"यो त्यस्तो सरकार हो जसले 'आम बलात्कार' लाई प्रायोजन गरिरहेको छ," रुसान अब्बासले डेली सिटिजनसँगको अन्तर्वार्तामा भनिन् । उनी उइगरको अधिकारको लागि जारी अभियानका प्रमुख हुन् । अमेरिकामा रहेर उइगरहरुको अधिकारका लागि विभिन्‍न अभियानहरु चलाइरहेकी छन् । उनले उइगरमाथिको चिनियाँ नरसंहार रोक्‍नुपर्ने माग गरिरहेकी छन् । 

सन् २०१४ देखि चीन सरकारले उइगरहरुमा दमन र हिरासत र उत्पीडन सुरु गरेको हो । लाखौं उइगरहरुलाई चीनले नियन्त्रणमा राखेको छ । बाहिर जे देखिए पनि यो महिला र युवतीहरुमाथिको चीनको निशाना रहेको उनले बताएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ