arrow

प्रतिष्ठान र डीएलएको संयोजनमा वकिलहरुलाई प्रशिक्षण

logo
प्रकाशित २०७७ साउन २४ शनिबार
dla.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एसोसिएसन (डीएलए) को संयोजनमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

प्रजातान्त्रिक कानून व्यवसायीहरुलाई समाजवाद, सामाजिक न्याय र नेपाली कांग्रेसको रणनीति, नेपाली कांग्रेसले तय गरेका नीति, डीएलए  र नेपाली कांग्रेसको सम्बन्ध, नेपाली कांग्रेसको विधान तथा वर्तमान सरकारका गम्भीर त्रुटीहरुका विषयमा प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठान प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले राजनीतिक रुपमा महत्वपूर्ण परिवर्तन भएपनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको अवस्था एकातिर र अर्कातिर जनताको आधारभूत आवश्यकता पुरा गरी विकासको गति लिनु पर्नेमा कम्युनिष्ट नेतृत्वको सरकार यसमा निरपेक्ष देखिएको अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनुपर्ने बताए ।

डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधि मार्फत भएको कार्यक्रममा एकसय तीस भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, नीति निर्देशक डा. जगदीशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशक डा. सूर्य ढुंगेल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल तथा प्रतिष्ठानका सदस्य राजु नेपालको प्रस्तुति रहेको थियो । महासचिव लक्ष्मी दाहाल रावलले सहजीकरण गरेको प्रशिक्षणमा उपाध्यक्षद्वय डा. सुषमा बाँस्कोटा र सुरेश पौडेलले विषय सन्दर्भमाथि मन्तव्य दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ