arrow

चन्दा संकलन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
biplab-maobadi.jpeg

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । 

प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो ।

 घोडेसिन गाउँमा चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । 
    
पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन् ।

 किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताए । उनका अनुसार चन्दा संकलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ