arrow

विप्लवका जिल्ला सेक्रेटरी उदयसहित तीन कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
biplab-maobadi.jpeg

वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द 'विप्लव'  नेतृत्वका  जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । 

मुगुका सोरु गाउँपालिका¬–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

 उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ