arrow

चाडपर्वमा भीडभाड नगर्न आग्रह

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
teej.jpeg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । 

 कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
 
बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उनले बताए । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण  बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो । 

इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताउछन् । जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उनको भनाइ  छ ।

यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७.०७ बजे र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ