तरुण दलले आमा घरमा मनायो कोइरालाको ८१औं जन्मजयन्ती
प्रकाशित २०७७ साउन २८ बुधबार
648
Shares
काठमाडौं। नेपाल तरुण दलले नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवस आमा घरमा मनाएको छ।
वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी(आमा घर)कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरि कार्यक्रम मनाइएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको सहभागी थिए।
कार्यक्रममा सहयोग गरिदिनुहुने नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य रवि थापालाई तरुण दलले धन्यवाद दिएको छ।