arrow

प्रदेश–५ सरकारको खर्चमा वेथिती, अख्तियारमा फाईल बुझाउने सभापति चौधरीको चेतावनी

logo
नारायण वली,
प्रकाशित २०७७ साउन २८ बुधबार
dilli-bahadur.jpg

रुपन्देही । प्रदेश नं.५ को सार्वजनिक लेखा समितिकीका सभापति डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबिन गर्न शुरु गरिएको बताएको छन् । रिर्पोटर्स क्लब प्रदेश नं.५ ले बुधवार (आज) बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताएका हुन् ।

सभापति चौधरीले भने, सरकारले सार्वजनिक लेखा समितिको सुझाव कार्यान्वयनमा ध्यान नदिए अनियमितताका फाईलहरु अख्तियारमा बुझाउने चेतावनी दिए । उनले थपे, लेखा समितिले गहन रुपमा प्रदेश सरकार सुध्रिने गरी सुझाव दिन्छौं तर सुझावलाई व्यवास्ता गरेमा फाइल अख्तियारलाई बुझाउने तयारी थाल्ने स्पष्ट पारे ।

प्रदेश सचिवालयले मर्मत गरेको गाडीको फाईल, लुम्बिनी भ्रमण बर्षको फाईल, कृषि मन्त्रालयको शीत भण्डार निर्माण फाईल र सिंचाई निर्माणको फाईल समितिमा मगाएर शुक्ष्म अध्ययन गरिरहेको सभापती चौधरीले बताए । फाईलको अध्ययन गर्दा बिनियोजित बजेटको शून्य रकम मौज्जाद रहने गरी खरिद र निर्माणका कामहरु भएको समेत पाईएकाले बजेट खर्चमा बेथिती भएको बलियो प्रमाण देखिएको जिकिर गरे । 

लेखा समितिले खर्च भइसके पछि मात्रै हेर्ने भएको भन्दै सभापति चौधरीले गत आर्थिक बर्षको अनियमितताको बिषयमा अध्ययन शुरु गरिसकेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ