arrow

नक्कली नाता बनाएर मिर्गौला प्रत्यारोपणका आरोपी महर्जन धरौटीमा रिहा

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
kidney.jpg.jpeg

ललितपुर । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन् । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज रु ५० हजार धरौटीमा छुटेको जानकारी दिए । 

प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ