arrow

काठमाडौंमा सुनलाई पित्तल बनाउने नक्कली नोटका कारोबारी हुसेन गिरफ्तार

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०७७ साउन २९ बिहिबार
iltaf-hussain-nakkali-note-.jpg

पर्सा । काठमाडौंमा फेला परेको सुनलाई पित्तल बनाएका अभियोगी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । हुसेनलाई पर्साको क्राइम ब्रान्चको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो । 

भारतीय नक्कली नोटको कारोबारी तथा अवैध सुनको ओसारपसारमा सहभागी हुसेन लामो समयदेखि प्रहरीको खोजी सुचीमा रहेका थिए । 

उनलाई वीरगञ्ज ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ । 

उनी पछिल्लो पटक काठमाडौंमा १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । काठमाडौंको कमलपोखरीबाट अन्सारीको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कोर्पियो भागेको थियो । 

उनी २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारी थिए ।

त्यसपछि फरार उनलाई सीआईबीले २०७२ साल जेठमा पक्राउ गरेको थियो । उनको निकट सम्बन्ध ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि रहेको छ । 

उनको घर बाराको प्रस्टोखा–२ हरपुरमा हो । तर उनी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ