arrow

बिरामीको सही जानकारी नदिँदा निदान अस्पतालबाट यसरी फैलियो कोरोना भाइरस

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
nidan-hospital.jpg

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले बिरामीको सही जानकारी नदिँदा कोरोना भाइरसको संक्रमण फैलाएको गम्भीर आरोप खेप्न पुगेको छ । 

बिरामीबारे जानकारी दिँदा अस्पतालमा अन्य बिरामी नआउने भय हुने भन्दै प्रशासनले चलाखी गर्न खोज्दा त्यहाँका तीन जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । 

निदानमा पाँच जनामा संक्रमण भएको स्रोतले बताएको छ । अहिले निदानमा तीन जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । 

घटना कसरी भयो ? 
निदान अस्पतालले किड्नी ट्रान्सप्लान्टदेखि डाइलासिस गर्दै आएको छ । उक्त क्रममा आफ्ना ट्रान्सप्लान्टका बिरामी नवाज होडा अन्सारी अस्पताल पुगे । 

उनले आफू काठमाडौं उपत्यका बाहिर कहीं पनि नगएको बताएर अस्पतालमा भर्ना भए । तर उनी बाहिरबाटै आएका थिए । यसमा अस्पतालले हेक्का गरेन । 

उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । त्यहीं उपचार गराउन पुगे ललितपुरका ३३ वर्षीय महेश महर्जन पनि । महेश किड्नी डाइलासिसका बिरामी हुन् । 

उनी केही दिनको उपचारपछि घर फर्के । 

तर होडाको कोरोना भाइरसको परीक्षण भयो । अस्पतालले होडाको आशंकालाई लुकायो । 

उक्त परीक्षणको पीसीआरको नतिजा आइसक्दासम्म अस्पतालका अन्यमा पनि सरिसकेको थियो । 

होडालाई त्यहाँ राख्न सकेन अस्पतालले । काठमाडौंका अन्य अस्पतालमा पनि बेड नपाएपछि होडा रातारात आफ्नो निजी सवारी साधनमा विराटनगर पुगेर उपचार गराइरहेका छन् ।  

डाइलासिसका बिरामी महेश महर्जन फेरि अस्पतालमा भर्ना हुन आए । उनलाई अस्पतालले आइसीयूमा राख्यो । महंगो चार्ज गर्दै उनी आइसीयूमा बसे । 

उनमा पनि तिनै होडाबाट कोरोना सर्यो । अस्पतालले त्यसलाई पनि लुकाउन खोज्यो । 

अस्पतालले महर्जनलाई १५ दिन आइसीयूमा राख्यो । उनकी श्रीमती रबिना महर्जनका अनुसार २० दिन उनी अस्पताल बसे । १५ दिन आइसीयूमा राख्दा एक दिनको १२ हजार रुपैयाँ अस्पतालले चार्ज लगायो । 

अस्पतालले आइसीयुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आइसीयूमा बस्दा उक्त महंगो चार्ज तिरेका थिए । 

कोरोना लागेको भन्ने भएर पनि अस्पतालले निमोनिया भएको बिरामीलाई कोरोना देखिन्छ भन्दै रबिना र महेशका परिवारलाई जवाफ दिँदै आयो अस्पतालले । 

कोरोना लागेकालाई सरकारले उपचार गर्ने भए पनि निदानले आफूले महंगो रकम असुल्न पाएर नियोनिया भएको बिरामी भन्दै राखेको स्पष्टै बुझिन्छ । 

रबिना आफ्नी ८ महिनाकी छोरी लिएर घरमै छिन् । बुधबारमात्र महेशलाई पाटन अस्पतालमा सारिएको छ । 

उनले रुँदै भनिन्, ‘८ महिनाकी छोरी काखमै छ । पाटन जान पाइँदैन । जम्मा ३३ वर्षका हुनुहुन्छ । अस्पतालले थुप्रै मान्छेलाई निको भको छ भन्छ । के हो के ।’

होडा संक्रमित भएर गएपछि महर्जन हुँदै अस्पतालका पाँच जनामा कोरोना फैलियो । 

महर्जन पाटन गए । होडा पहिले नै विराटनगर गएका थिए । 

अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जनालाई सशस्त्र प्रहरी अस्पतालमा लगियो । तीन जना निदानमै उपचाररत रहेका छन् ।  

अस्पताल प्रशासनले पीपीई लगायतको स्वास्थ्य सामग्रीको प्रवन्ध नगरेपछि पाँच जना आफ्ना स्वास्थ्यकर्मीलाई कोरोना भएको समेत स्वीकार्न तयार छैन । 

होडालाई कोरोना भइसकेपछि कति जना अस्पतालमा आए तिनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने विषयमा अस्पताल मौन छ । 

उसको लापरवाहीले गर्दा कोरोना समुदायमा फैलने प्रवल सम्भावना छ । बिरामीको बारेमा सही ढंगले बाहिर नभनिएपछि यति ठूलो अपहाध हुँदासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन बसेको छ । 

जागिरको डरले केही बोल्न नसके पनि निदानका स्वास्थ्यकर्मीहरु अहिले छट्पटाइरहेका छन् । उनीहरुले पीपीई लगायतका स्वास्थ्य सामग्रीमा जोड दिएका छन् । 

अस्पतालमा भेटिएका कोरोना संक्रमितको जानकारी लुकाउँदै निदान हस्पिटल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ