arrow

तस्कर नियन्त्रणमा लिन रौतहटमा १५ राउण्ड हवाइ फायर, तस्कर फरार

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ साउन २९ बिहिबार
rautahat-taskar.jpg

रौतहट  । नेपाल भारत सिमामा तस्करी नियन्त्रण गर्न हवाई फायर गर्नु परेको छ । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको जनाएको छ । 

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप हुँदा हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । 

उपरीक्षक खड्काका अनुसार प्रहरीले तस्करीको रागा,भैंसी  नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन । स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गर्नुपर्ने अवस्था आएको खड्काले जानकारी दिए । 

स्थानीयसँग झडपहुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए । सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समुहले भने भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेको जानकारी आएपछी कडाई गर्ने क्रममा यस्तो  अवस्था सिर्जना भयको उपरीक्षक खड्काले बताए । फरार तस्कर र राँगाभैंसीको खोजी जारी रहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ