arrow

झुठा मुद्धा लगाउन खोज्ने सरकारलाई नेविसंघद्धारा खवरदारी

 ‘राजतन्त्र ढाल्न राजाको सेना र प्रहरीसंग नडराइ मुकाबला गर्न सक्ने नेपाली विद्यार्थीहरुलाई सत्ताको तावेदारी गरेर रमाउने उपकुलपतिलाई इँट्टाको जवाफ पत्थरले दिन राम्रोसंग आउँछ’

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले झुठा मुद्धा लगाउन खोज्ने सरकारलाई खवरदारी गरेको छ । गत साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराई उक्त नेविसंघले गराएको भनी दुष्प्रचार गरी विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज आोझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर लगायत आठ जनालाई गिरफ्तार गरिएको भन्दै उनीहरुलाई रिहा गर्नुको सट्टा सत्ताको आडमा झुठा मुद्धा लगाई फसाउन खोजिएको भन्दै नेविसंघले उक्त षड्यन्त्रको घोर सत्सर्ना गरेको छ । 

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई त्रिविको उपकुलपतिको रुपमा भन्दा सत्तारुढ पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत गर्न रुचाउने वर्तमान उपकुलपतिको नियुक्ति पश्चात त्रिवि प्राज्ञिक थलो भन्दा पनि नेकपाको भर्ती केन्द्र भएको सर्वविदितै रहेको उल्लेख गरेको छ । 

नेविसंघले चेतावनी दिँदै भनेको छ, ‘राजतन्त्र ढाल्न राजाको सेना र प्रहरीसंग नडराइ मुकाबला गर्न सक्ने नेपाली विद्यार्थीहरुलाई सत्ताको तावेदारी गरेर रमाउने उपकुलपतिलाई इँट्टाको जवाफ पत्थरले दिन राम्रोसंग आउँछ ।’

त्यस्तै नेविसंघले ‘वीरगञ्जमा गत साउन २६ गते सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गरियोस्, कोरोना संक्रमितको उपचारमा लापरवाही नगरियोस् र कोरोनाको कारणले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति दिइयोस् भनी शान्तिपूर्ण प्रदर्शन गर्दा गिरफ्तार गरी सोही दिन राति साढे ११ बजेमात्र रिहा गरिएका विद्यार्थी नेता विकास तिवारीलाई पुनः अस्ति २८ गते पक्राउ गरी झुठा भुद्दा लगाई फसाउन खोजिएको घटनाको हामी घोर भत्र्सना गर्दैछौं’ भनेको छ । 

नेविसंघले दुवै स्थलबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न सरकारसंग जोडदार माग गरेको छ ।

उसले भनेको छ, ‘ओली सरकार नै यो संसारको अन्तिम सत्य हो भन्ने भ्रम पाली सत्ताको तावेदारीमा निर्लिप्त त्रिविका उपकुलपति तथा केही प्रहरी अधिकारीहरुले यो देशमा जनता पनि छन्, जनता भन्दा ठूलो कोही छैन भन्ने सत्य राम्रोसंग बुझुन् भन्ने कामना गर्दछु । जनता जुर्मुराएको दिन हुने दुर्गतिको समयमै आंकलन गरुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ