arrow

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
brown-sugar2.jpg

नेपालगन्ज । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ शान्ति चोक निवासी ३२ बर्षीय राकेशकुमार लोनिया र २८ वर्षीय छविलाल लोनियालाई प्रहरीले विहीवार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

उनीहरुको साथबाट दुई ग्राम एक सय मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी सुवास खड्काले जानकारी दिए । गोप्य सूचनाको आधारमा उनीहरुलाई शान्ति चोकवाट पक्राउ गरिएको खड्काले बताए । 

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ