arrow

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
book-gajendra-corona.jpg

काठमाडौं। आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक सार्वजनिक भइसकेका छन् । सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ-सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको हो ।

विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न बुढाथोकी हाल न्युज कारोबार.कम (डिजिटल मिडिया)का प्रधानसम्पादक रहेका छन् ।

गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरबाट देखापरेको नव कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ । अन्तर्रराष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, ओइसीडी, सीपीआरलगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय-समयमा परिवर्तन गर्दै लगेका छन् । नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । फरक फरक आर्थिक संस्थाहरूले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेहरू गरेका छन् । प्रायः ती अध्ययनहरू अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ-सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ ।

कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो । यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकले विश्वास लिएका छन् ।

पुस्तकको लिंक:

 https://drive.google.com/file/d/1Zl4QZQNTngbizUg-9tRnsysSPj_PlkcU/view?usp=sharing 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ