arrow

आफन्तको उपचारका लागि पुगेकी महिलामा कोरोना

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
corona-test-kit.jpg

पाल्पा । पाल्पामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ की ४० वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

महिलासँगै रहेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा शुक्रबार संक्रमण भएको रिपोर्ट आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ