arrow

लिदी पहिरो : पाँचको शव फेला, ३३ बेपत्ता

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
jugal-pahiro.jpg

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । 

पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।  पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । 

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ