arrow

ओलीको निर्वाचन क्षेत्रबाट सिटौलाले भित्राए कार्यकर्ता, सोधे- प्रमज्यू तीन बर्षको अवधिमा के गर्नुभयो ?

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
sitoula4.jpg

झापा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । झापाको कमल गाउँपालिका नेपाली कांग्रेस पालिका समितीले शुक्रबार अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १७० जना भन्दा बढी नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई  नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले स्वागत गरेका थिए ।

कमल गाँउपालिका सभापती खगेन भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला , विशिष्ठ अतिथी जिल्ला सभापती उद्दब थापा ,पूर्व सभापती पि. एन. सर्मा ,पूर्व जिल्ला उपसभापती देउमान थेबे , नेका नेता बिश्वदिप लिङ्देन , क्षेत्रीय सभापती ढुन्डीराज भन्डारी लगायत पार्टीका महासमिती सदस्य तथा महाधिवेशन प्रतीनिधिहरु लगायत गाउँ तथा नगरका पार्टीका उल्लेख्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।        

प्रमुख अतिथि पूर्व कृष्ण प्रसाद सिटौलाले संक्रमणका बाबजुद आयोजकले सकेसम्म साबधानी अपनाइ कार्यक्रम आयोजना गरेकोले धन्यवाद दिदै हाल सरकारले कोरोना महामारिमा चरम लापरबाही गरेको बताए । सिटौलाले ३ करोड जनसंख्या भएको देशमा करिब २ करोड जनसंख्या श्रमिक भएकोले श्रमिकको हकका लागि सरकार उदासिन रहेको बताए । 

जीवन गुजाराका लागि बिदेशमा श्रम बेच्ने नेपालीहरुलाई कमसेकम नेपाल आउन पाउने अधिकार बाट बन्चित गर्न नहुने  सुझाए । श्रमका लागि ६० प्रतिशतभन्दा बढी युवक बिदेशमा  रहेको अबगत गराउदै , काठमाडौ यात्राको क्रममा अत्यन्त गरिब मानिसहरु कोरोनाको बिपत्तिमा आफ्नो घर आउन सडकमा भेटिएको बेला ती नागरिकहरुलाई घरसम्म पुग्ने बाताबरण मिलाउन आफुले सरकार समक्ष अनुरोध गर्दा सरकारले हासीमजाक गरेको बताए । 

 पछिल्लो समयमा भाडा तिरेर घर आउन खोज्ने नागरिकलाई गाडिको पास समेत नदिदा कम्युनिष्टहरु सरकारमा जाँदै गर्दा यो सरकार नेपाली जनताको नभएर कम्युनिष्टहरुको आफ्नो पेवा जस्तो भएको बताउदै यो कम्युनिष्ट हरुको कुन दर्शन र सिद्धान्त हो ? भनी प्रश्न समेत गर्दै केन्द्रिय सरकार र प्रदेश सरकारको सरकार संचालनलाई हेर्दा यो सरकार नेपाली जनताको नभएर कम्युनिष्टको मात्र भएको बताए । 

कम्युनिष्ट सरकारले देशका हरेक निकायलाई आफ्नो प्रभाबमा राखेकोले कम्युनिष्ट सरकार सर्बसत्ताबादको बाटोमा लागेको बताए ।      हाल कम्युनिष्टको सरकारले अन्तराष्ट्रिय सम्बन्ध बिगारेको अवस्थामा देशमा राष्ट्रिय संकट आएकोले अन्तर्राष्ट्रिय सक्तीहरुले कांग्रेस पार्टीलाई सडकमा आउन अनुरोध गरिरहेको बताए । 

अर्को प्रसङ्गमा महाधिवेशन हुँदै जादा स्थानिय तहका तमाम पार्टीका कार्यकर्ता हरुलाई एकताको बाताबरण बनाउन आग्रह गरे ।  कांग्रेस पार्टी १४ औं महाधिवेशनमा प्रवेश गरेकोले पार्टीको महाधिवेशनको परिणामपछि पार्टीलाई बलियो रुपमा परिचालन गर्ने अठोट रहेकोले पार्टीमा एकता निर्माणका लागि एकजुट हुन झापाका पार्टीका कार्यकर्तालाई अनुरोध गरे । कांग्रेस पार्टी बृहत् एकता भएको विशिष्ट प्रकृतिको संगठन भएको पार्टी बनाउन अनुरोध गर्दै तहगत दमन र तहगत आदेश राख्ने कम्युनिष्ट पार्टीको कुसस्कारलाई फाल्नु आवस्यक रहेकाले नब आगन्तुक साथ हरुलाई जिम्मेवार स्थानमा राखी पार्टी भित्र नयाँ संघर्सको चरण निर्माणगर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छ्न । 

साथै हाल प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीलाई प्रधानमन्त्री ज्यू तीन बर्षको महत्वपूर्ण घडिमा तपाईंले के मुख्य काम गर्नु भयो ? भनि सोधीदिन कार्यक्रममा उपस्थित पत्रकार साथीहरु समक्ष अनुरोध गरेका थिए ।

कार्यक्रममा आफ्ना बिचार राख्दै नबप्रवेशीका तर्फबाट सागर राइले नेपाली कांग्रेस पार्टीको सिदान्त र वीपीको बिचारलाई आत्मसाथ गर्दै आफुहरु कांग्रेस पार्टीमा प्रवेश गरेको बताउदै हाल दुइतिहाइको सरकारले देशको बिकास गराउन नसकेको अवस्थामा नेपाली कांग्रेस पार्टीनै देश बिकासको लागि एउटा बैकल्पिक पार्टी रहेको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापती ढुन्डीराज भण्डारीले नेपाली कांग्रेस पार्टी परिवर्तनको पक्षधर पार्टी भएकोले ब्यक्ती र जातिको राजनिती छोडेर बिचारको राजनिती गर्न नबप्रवेशी साथी हरुलाई अनुरोध गरे । 

अर्का बक्ता पूर्व जिल्ला उपसभापती देउमान थेबेले झापा जिल्लामा ३ दिन भित्रमा ४ हजार जना विभिन्न पार्टीका नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको बताए । 

त्यस्तै अर्का बक्ता तथा नेपाली कांग्रेस जिल्ला सभापती उद्घब थापाले कमल गाँउपालिकाले आज २१८ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गराएको जानकारी गराउदै यो प्रवेश पार्टी प्रवेशको प्रारम्भ मात्र भएको बताए , साथै यो पार्टीप्रवेशले आगामी दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो बिजयको झन्डा कमल गाउँपालिकामा गाड्ने संकेत दिएको बताउदै संघ प्रदेश र स्थानिय तहमा प्रतिपक्षीको भुमिकामा रहदा पनि जनताको विश्वास नेपाली कांग्रेसमा रहेकोले गरिब हरुको आवाज लिएर सत्तामा पुगेको कम्युनिष्टको सरकार आज तीनै गरिब हरुको मन टुटाएर लज्जित भएको अबगत गराउदै नेपाली कांग्रेस पार्टी बिचारले बनेको पार्टी भएकोले बिचार नमरे सम्म कांग्रेस पार्टी नमर्ने बताउदै कांग्रेसको बिचारले राणा शासन अन्त्य गरि मुलुकमा प्रजातन्त्र स्थापना भएको इतिहास अबगत गराउदै कांग्रेसको बिचार सग कुनैपनी अधिनायकबादी तानासाहहरु नटिक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ