arrow

झुठा मुद्दा लगाउने उपकुलपतिलाई नेविसंघले नछोड्ने, त्रिचन्द्रमा तालाबन्दी

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
nsu-trichandra.JPG

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुमाथि झुठा मुद्दा लगाउने उपकुलपतिलाई नछोड्ने चेतावनी दिएको छ ।

शान्तिपूर्ण आन्दोलनका क्रममा केही दिनअघि काठमाडौं र वीरगञ्जबाट पक्राउ परको विद्यार्थीमाथि मुद्दा चलाइएपछि नेविसंघले झुठा मुद्दा लगाउने उपकुलपतिलाई चेतावनी दिएको हो । 

'नेकपा कार्यकर्तालाई उपकुलपति विश्वविद्यालयमा नियुक्तिले अराजकता निम्ताएकै थियो तर विश्व संकटको यो समयमा आफ्ना जायज माग राख्न शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई पक्राउ गरि झुठा मुद्दा लगाउने उपकुलपतिलाई हामी छोड्नेवाला छैनौ ।' नेविसंघका महामन्त्री दीपक भट्टराईले भने,' साथै केहि प्रहरी अधिकारी नियतवश विद्यार्थीलाई दु:ख दिन लागेका छन् यसको हिसाब पनि नेविसंघले राखेको छ ।' 

प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायतका आठ जनालाई पक्राउ गरेको हो । उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ ।

साथै नेविसंघ विद्यार्थी पक्राउको बिरोधमा उपत्यका क्याम्पसहरूमा तालाबन्दी गर्न सुरु गरेको छ । शुक्रबार नेविसंघ त्रि-चन्द्र क्यीम्पसमा तालाबन्दी गरेको महामन्त्री भट्टराईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ