arrow

रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
corona-test-kit.jpg

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ ।  

कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। राजेन्द्र खनालले जानकारी दिए । 

पिसिआर परीक्षणलाई तीव्रता दिन  नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ –२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

 प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हँुदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ