arrow

विवेकशीलको कोरोनाविरुद्ध सडक सचेतना,‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
bibekshil6.jpg

काठमाडौं। विवेकशील नेपाली दलको अभियान विभागले काठमाडौँको विभिन्न स्थानमा सचेतनामूलक अभियान तथा मास्क वितरण अभियान गरिरहेको छ । राजधानीका धेरै भिडभाड हुने ठाउँमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी नेतृ रजिया बानुले बताइन् ।

‘पहिलो दिन र दोस्रो दिन काठमाडौँको चाबहिल गणेश मन्दिर, तरकारी बजार वरिपरि क्षेत्रमा मास्क वितरण तथा कोरोना सँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेका थियौँ’-अभियान विभागकी उपप्रमुख समेत रहेकी नेतृ बानुले भनिन् । तेस्रो दिन लगनखेल तथा चौथो दिन शुक्रबार पाटन क्षेत्रमा कार्यक्रम गरिएको थियो । मास्क वितरण सँगै ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’, ‘तरकारी लैजानुहोस्, कोरोना नलैजानुहोस्’, ‘कृष्णजीको आशीर्वाद लिनुहोस्, कोरोनाबाट बच्न मास्क लाउनुहोस्’ जस्ता सन्देश हरू उल्लेखित प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो । 

कोभिडकै कारण भिडभाड कम गर्न तीन-चार जनाको सङ्ख्यामा उभिएर मास्क बाँड्ने र स्यानिटाइजर तथा साबुनपानिले हातको सफाइ बारे सन्देश दिँदा उत्साही भएर अभियानलाई निरन्तरता दिएको दलले जनाएको छ । अभियन्ताहरूले तरकारी बजारका पसलेहरूलाई समेत मास्क वितरण गर्ने र प्रयोग गर्न सन्देश दिने गरेका छन् । अत्यधिक भिडभाड हुने क्षेत्रमा मानिसहरू मास्क लगाउन बिर्सिने तथा आफन्त या पसलेसँगको संवादमा मास्क फुकाल्ने गरेकाले ती क्षेत्रहरूमा सचेतना बढाइएको विवेकशील नेपाली दलले जनाएको छ ।

यी अभियानहरुलाई स्थानीय नागरिकहरुले समेत साथ दिएका थिए। जहाँ जहाँ अभियान भयो, त्यहाँ नागरिकहरुले धन्यवाद दिएको र नागरिकहरु आफैलाई अभियान गर्न प्रेरित गरेको कुरा समेत दलले बताएको छ।

महामारीको समयमा देखिएको बेला भ्रष्टाचार, अनियमितता, अव्यवस्था तथा रणनीतिक कमजोरी विरुद्ध आवाज पनि उठाउने र सामाजिक उत्तरदायित्व अनुरूप सामाजिक सचेतना र जागरणमा लाग्ने दलको नीति अनुरूप कार्यक्रम गरिरहेको विवेकशीलका अध्यक्ष मिलन पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ