arrow

बेपत्ता व्यक्तिको चाँडो उद्धार गर्न देउवाको माग

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
deuba-parliament1.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरामा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरामा परी बेपत्ता व्यक्तिको  उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै  घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि  अनुरोध गरिएको छ  ।

पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

पहिराका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि उनले सरकारसँग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ