arrow

जनमैत्री अस्पताल तत्काल संचालन गर्न वडाध्यक्ष रिजालद्वारा पत्राचार

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
janamaitri.jpg

काठमाडौँ। जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न वडा कार्यालयद्वारा अस्पताललाई पत्राचार गरेको छ । जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई पत्राचार गरेको हो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड-१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा न १६ भित्र समेत कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । सोही क्रममा संक्रमण बढ्दै जादाँ संक्रमितहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठिन हुने सम्भावना रहेको आजको जटिल परिस्थितिमा का म न पा १६ मा रहेको जनमैत्री अस्पताल आजको दिनमा बन्द रहेको हुदाँ तत्काल अस्पताल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई अनुरोध गरेको हो ।

आम जनतामा पर्न जाने असुविधालाई ध्यानमा राख्दै तत्काल अस्पताल संचालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

साथै, अस्पताल संचालन गर्ने क्रममा कुनै पनि समस्या उत्पन्न भएको खण्डमा काठमाडौँ महानगरपालिका, वडा न १६ वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध हुने वडा अध्यक्ष मुकुन्द रिजालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ