arrow

समयमै उद्धार नगर्दा पहिरोले क्षती, सरकारसँग तरुण दल रुष्ट

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
jitjung-basnet-tarun1.jpg

काठमाडौं। नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले मर्माहत भएको जनाएको छ।

उक्त स्थानका जनताले पटक पटक आफ्नो बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिनका लागि ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा दुखद अबस्था आएको तरुण दलले ठहर गरेको अध्यक्ष जीतजंग बस्नेतले बताए। 

आम जनताको मागप्रति गैरजिम्मेवार हुनेलाई हदै सम्मको कारवाही गर्न दलले माग गरेको छ। दलका तर्फबाट विज्ञप्ती निकाल्दै अध्यक्ष बस्नेतले बेपत्ताहरुको यथासिघ्र खोजी, घाईतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 

नेपाल तरुण दल जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाई उद्दार, राहात र स्थानान्तरण कार्यमा जुट्नका लागि नेपाल तरुण दल केन्द्रिय समितिले निर्देशन गरेको छ। कांग्रेस तरुण विभागले पनि एक विज्ञप्ती निकाल्दै उद्धार राहतमा जुटने बताएको छ। साथै समयमै उद्धार नगरेको सरकारको बिरुद्ध समेत आक्रोश पोखेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ