arrow

भयावह बन्दै नेपालमा संक्रमण : बढाइयो परिक्षणको सँख्या, बढाइएन दायरा

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
corona-test-nepalgunj.gif

काठमाडौं । नेपालमा कोरोना भाइरसको अवस्था झनै भयावह हुँदै गएपछि सरकारले कोरोना भाइरस परिक्षणको सँख्या बढाउन थालेको छ । सरकारले विभिन्न अस्पतालहरुमा पछिल्लो समय दैनिक १० हजारको हाराहारीमा पीसीआर विधिबाट परिक्षण गर्न थालेको हो । 

शुक्रबार मात्रै पछिल्लो २४ घण्टामा नेपालभरि कुल परिक्षण ११ हजार ५ सय ७५ परिक्षण भएको सरकारी तथ्यांक छ । त्यसअघि बिहीबार ९ हजार ८ सय ५९, बुधबार १० हजार ४ सय ८१ र मंगलबार १० हजार ४ सय ६२ परिक्षण गरेको थियो । त्यसअघि सरकारले दैनिक ४ हजार देखि ७ हजारको हाराहारीमा पीसीआर विधिबाट कोरोना परिक्षण गर्दै आएको थियो । पछिल्लो समय परिक्षण बढाएसँगै कोरोना संक्रमितको सँख्या पनि बढ्न थालेको देखिन्छ । जुन स्वभाविक हो ।

दायरा बढाउन अझैपनि चुक्दै सरकार
विज्ञहरुले परिक्षणको सँख्या भन्दापनि परिक्षणको दायरा बढाउन सुझाव दिँदै आइरहेका छन् । स्वास्थ सेवा विभागका पूर्वमहानिर्देशक लक्ष्मीराज पाठक सरकारले सर्वे गरेर परिक्षण गर्न सचेत गराउँदै आएका छन् । मन्त्रालयमै समेत गएर दायरा बढाउन आग्रह गरिएको पाठक बताउँछन् । भारतको दिल्लीमा जस्तै सर्वेक्षण गरेर कोरोनाको हटस्पट पत्ता लगाएर परिक्षण गरिनुपर्ने पाठकको भनाई छ ।

के गरेको दिल्लीमा ?
भारतको दिल्लीमा कोरोनाको भयावह स्थिति आएको थियो । दिल्ली सरकारले आफ्नो पुरै जनसख्ँयामा सर्वेक्षण गर्यो । सर्वेक्षणबाट दिल्ली सरकारले कोरोनाको हटस्पट पत्ता लगायो । बढी संक्रमित कुन क्षेत्रमा छन् भन्ने पत्ता लाउनका लागि सर्वेक्षण महत्वपूर्ण सावित भयो । सर्वेक्षणबाट करिब २३ प्रतिशत जनसँख्या कोरोनाबाट प्रभावित भएको निष्कर्ष दिल्ली सरकारले निकाल्यो । 

उक्त २३ प्रतिशतको परिक्षण गर्ने र संक्रमितलाई अलग राख्नमा दिल्लीले केन्द्रित गर्यो । त्यसो गर्दा जुन हिसावमा दिल्लीमा कोरोना फैलिरहेको थियो, त्यो गतिले फैलिन नपाएको बताउँछन् पाठक । पछिल्लो समय नेपालको अवस्था पनि अनियन्त्रित भइसकेकाले नेपालमा पनि सोही तरिका अनुसार परिक्षणको दायरा बढाएर संक्रमितलाई अलग गर्नुपर्ने धारणा विज्ञहरु व्यक्त गर्दै आएका छन् । पछिल्लो तथ्यांकबाट समेत नेपालमा कोरोना अनियन्त्रित हुँदै गएको देखिन्छ । शुक्रबारसम्म नेपालमा कोरोनाका कारण १ सय जनाको मृत्यु भइसकेको छ भने २५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बढ्दो क्रममा रहेको भयावह रोक्नका लागि सर्वेक्षण मात्रै प्रभावकारी विकल्प हुनसक्ने विज्ञहरु बताउँदै आएका छन् । सर्वेक्षण गरेर हटस्पट पत्ता लाएर निश्चित क्षेत्र मात्रै लकडाउन गर्नुपर्ने र त्यसो गर्दा अर्थतन्त्रमा समेत संकुचन नआउने विज्ञहरुका् धारणा छ । तर, सरकारले त्यस किसिमको सर्वेक्षण गर्नमा भने अझै ध्यान दिन पुर्याउन नसकेर सर्वेक्षण गरेर दयारा बढाउनबाट चुकिरहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ