arrow

तीज मनाउन माइत हिडेकी महिलालाई सर्पले डस्यो, अस्पताल लैजाने क्रममा मृत्यु

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
snake-cobra.png

डोटी ।  विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक  महिलाको मृत्यु भएको छ । 

प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आएकी थिइन् ।

उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ