arrow

नेपालको नयाँ नक्सा अङ्ग्रेजीमा, अन्तर्राष्ट्रियजगत् पठाइने

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
nepal-map.jpg

काठमाडौँ । सरकारले नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरिन् । 

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अङ्ग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो । 

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । 

अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक नियोग, अन्तर्राष्ट्रियजगत्मा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् । अन्तर्राष्ट्रियजगत्मा चाँडै नै परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी  बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ