arrow

‘गुणस्तरिय समावेशी शिक्षाका लागि स्रोत कक्षा तथा विशेष विद्यालयको भूमिका’ बारे दुई दिने अभिमुखीकरण 

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
Untitled-152.jpg

काठमाडौं । कोरोना भाइरस कोभिड १९ महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले भर्चुअल प्रविधिको माध्यमवाट गुणस्तरिय समावेशी शिक्षाका लागि स्रोत कक्षा तथा विशेष विद्यालयको भूमिका विषयमा बागमती प्रदेश भित्र रहेका विशेष विद्यालय, स्रोत कक्षा, दिवा सेवा केन्द्र लगायतका विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्य  स्रोत शिक्षक तथा सहयोगी आया कर्मचारीहरुको क्षमता विकासको लागि २ दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । 

कार्यक्रममा समावेशी शिक्षा अपाङ्गता अधिकार विज्ञ साथमा तथा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष मुकुन्द दाहालले सहजकर्ताको रुपमा भूमिका निर्बाह गरेका थिए । 

कार्यक्रमको पहिलो दिन समावेशी शिक्षा, नेपालमा अपाङ्गता भएका बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रमहरु, अपाङ्गता भएका बालबालिका र शिक्षाका सवालहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नितिगत ब्यावस्थाहरु तथा राष्ट्रिय शिक्षा निति २०७६ को दफाहरुमा उल्लेखित विशेष शिक्षा, समावेशी शिक्षा , अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दुर शिक्षा तथा खुल्ला शिक्षा सञ्चालन सम्बन्धि ब्यवस्था जस्ता विषय वस्तुमा केन्द्रित भई सहजिकरण गरिएको थियो ।  

त्यसैगरी कार्यक्रमको दोस्रो दिन विद्यालयहरुको पहुँचयुक्तताको अवस्था, शिक्षक सीप तथा समावेशी क्षमता, शिक्षण सामग्रीहरु, अपाङ्गता भएका बालबालिका र शैक्षिक कर्यक्रमहरुमा स्थानिय सरकारको भूमिका, शिक्षा निति २०७६ को संरचना, शिक्षा निति २०७६ र अपाङ्गता भएका विद्यार्थी, गुणस्तरीय समावेशी शिक्षाका लागि श्रोत कक्षा तथा बिशेष बिद्यालयका सम्भावित पाईलाहरु के के हुन सक्छ भन्ने विषय वस्तुमा केन्द्रित भई सहजीकरण भएको थियो । 

कार्यक्रममा स्रोत शिक्षक तथा आयामहरु, राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारीहरु सहित ४० जनाको  उल्लेखनिय रुपमा सहभागी रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ