arrow

वर्षा र बाढीले कहाँ कहाँ पार्न खोज्दैछ क्षति, विवरणसहित

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
weather-final-final.jpg

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
विभागले आइतबार एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जनाएको छ ।
 
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती प्रदेश, गण्डकी, सुदूरपश्च्मि, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याइएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव सात डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

यता विभागले नेपाल बाढी सूचना जारी गर्दै आइतबार नारायणी,कर्णाली र यसका सहायक नदीमा बहाब घटबढ हुने तर सतर्कता भन्दा केहि मात्र तल हुने,कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा पनि बहाब सामान्य घटबढ हुने तथा  सतर्कता भन्दा तलै हुने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ