arrow

तस्करीबिरुद्ध खनिदै सशस्त्र, सुर्तीजन्य सामाग्री र लागूऔषधसहित एक पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन ३२ आइतबार
taskar.jpg

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेका  एसपी अशोक बम तस्करी बिरुद्ध कडा रुपमा उत्रिएपछि  सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री नियन्त्रण तथा बरामद गर्दै आएको छ।  अवैध सामाग्री नियन्त्रणकै क्रममा बाँकेको डुडुवा गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य  बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट  सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको  कमाण्डको टोलीले डुडुवा  गाउँपालिका वडा नम्बर १ टेपरीबाट आइतबार बिहान २ बजे भारतबाट ल्याइदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

नेपाली भुमिमा प्रबेश गरेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देखेपछि सबै सामाग्री फालेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सहायक निरीक्षक भाटको टोलीले  बरामद गरेको  अवैध सामाग्रीमा ४०९ प्याकेट बिडी, ५०० पोका सुपरपावर सुर्ती, ५० प्याकेट कमलापसन्द,१०० पोका बाटिका चौडी पत्ती र २० डिब्बा युके पान मसाला बरामद गरेको हो। 

सशस्त्र प्रहरीका अनुसार  १ लाख ५१ हजार ७६० रुपैयाँ मूल्य रहेको सबै सुर्तीजन्य सामाग्रीलाई आबश्यक कारबाहीको लागि आजै भन्सार कार्यालय पठाइएको छ। 

त्यस्तै  सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। गस्तीमा रहेको टोलीले शंका लागेर चेक जाँच गर्दा नेपालगन्ज १६ बस्ने ३० बर्षीय बब्लु कसगटको साथबाट ६० टयाब्लेट नाइटोजन नाम गरेको लागू औषध बरामद गरेको हो।

लागू औषधसहित पक्राउ परेका कसगटलाई शनिबारनै ईलाका प्रहरी कार्यालय हिर्मिनियामा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ