arrow

भूल समातिए, प्रहरीमाथि नै आक्रमण गर्न तम्सिए

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
bhul1.jpg

दार्चुला । दार्चुलामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर २ हिकिला घर भइ हाल महाकाली नगरपालिका-४ दुमपानी बस्ने ३४ वर्षीय गणेश राम भूल लागु औषध सहित पक्राउ परेका हुन् । 

प्रहरीको नियमित गस्तीका क्रममा शंका लागेर चेकजाँच गर्दा भूलले बोकेको थौलीमा लागु औषध भेटिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

भूलको साथबाट पेभेन स्पास प्लस ४ सय २४ टेब्लेट, अल्कोभ सी ६ सिसि र स्कोभ १६ सिसि बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । भूल भाग्न खोज्दा प्रहरी माथि नै आक्रमण गर्न तम्सिएका थिए । जसका कारण प्रहरी जवान नरेन्द्र टेर सामान्य घाइते समेत भएका छन् । 

लागुऔषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई सोमवार प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले बन्दाबन्दी सुरु भएयता चार जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ