arrow

प्रदेशसभाका उच्च अधिकारी संक्रमित, सेल्फ आइसोलेशनमा

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
covid-test-corona.jpg


वाग्मती । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित भएका छन्।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको सोमबारको रिपोर्ट पोजेटिभ देखिएको  उनको सचिवालयले जनाएको छ । 

 हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौँडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । 

कोरोना संक्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । 

उनसँगै मकवानपुरमा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ