arrow

के लाठीले कोरोना छेक्छ र ?

logo
प्रकाश सर्लाही,
प्रकाशित २०७७ भदौ १ सोमबार
corona-lathhi1.jpg

सर्लाही । देशैभरी कोरोना कहर बढी रहँदा यसको नियन्त्रणमा अग्रभागमा खटिने प्रहरी भने सुरक्षा उपकरण बिनानै नियन्त्रणमा खटिएको पाइएको छ । पछिल्लो समय देशका बिभिन्न प्रहरी कार्यालयमा झैँ सर्लाहीका प्रहरीमा समेत केरोना संक्रमण पाइरहेको बेला उनीहरु भने बिना सुरक्षा सामाग्री सहित कार्यस्थलमा खटिनु परेको छ ।

 सामान्य एउटा लाठीको भरमा केरोना नियन्त्रयको लागी खटिँदा प्रहरीमै संक्रमणको जोखिम झन धेरै हुने देखिन्छ । सर्लाहीमा केरोना कहरको सुरुवाती अवस्थामा चैत्र महिनामा प्रहरीले केही माक्स र पन्जा देखेका भएपनि पछिल्लो समय भने पाउन छाडेका छन । 

सुरुवाती अवस्थामा केही गरेर सरकारी निकाय र जिल्ला बिपद व्यवस्थापन समितिले उपलव्ध गराएको माक्स पन्जा र स्यानिटाइजर प्रत्येक प्रहरी युनिटमा उपलवध गराएको भएपनी पछिल्लो समय आफुहरुसँग स्टक नभएकाले दिन नसकिएको सर्लाहीका प्रहरी प्रमुख बिश्वमणी पोखरेलको भनाइ छ । 

प्रहरी प्रमुख पोखरेलका अनुसार आफुहरुसँग दैनीक कार्य संचालन बाहेक अन्य शिर्षकमा बजेट नभएको यस्तो बिषयमा खासै सामाग्री खरिद गर्न नसकेको उनको भनाइ छ । पछिल्लो समय कोरोना कहर बढ्दै गएकाले अब फेरी कतै बाट बेवथापन गरिने उनको भनाइ छ । यसरी सुरक्ष सामाग्र नहुदा आफुहरुले निरधक्कसँग काम ग्रन नसकेको एक प्रहरी जवान बताउछन् ।

 पछिलो समय जता जचाउँदा पनी कोरोनाको मात्र कुरा आउने र कार्यरत स्थल नजीक चेक गर्दा समेत कोरोना देखिएकाले झन डर भएको प्रहरी जवानको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ